विराटनगर । विराटनगरमा भर्खरै थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको हो । सोमबार बेलुका विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

 

स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर स्वाब संकलन गरेको थियो । सोमबार बेलुका करिब साढे ५ बजे उनको मृत्यु भएको हो ।

 

 

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा सोमबार दिउँसो उनमा कोरोना पोजेटिभ देखिएको हो । आइतबार भर्ना भएका पुरुषको सोमबार बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । विराटनगर– ८ का पुरुषको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ८ पुगेको छ । यसअघि विराटनगर–९ का दुई जनाको मृत्यु भएको थियो । विराटनगर महानगरपालिका वडा नम्बर – २, ३, ५, १० र १५ मा एक एक जनाको मृत्यु भएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु