काठमाडौं । कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा (कर्फ्यू) तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउ–ण्ड हवाई फा–यर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फा–यर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउ–ण्ड हवाई फा–यर गरेको हो ।

 

निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय दुईपक्षबीच झ–डप हुने अवस्था आएपछि भीडलाई नियन्त्रणमा लिँदै निषेधाज्ञा कार्यान्वयनका लागि हवाई फा–यर गरिएको उनले जानकारी दिए । भीडलाई उत्तेजित गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय ठाकुर बर्तौला रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

 

 

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले पिप्ले मन्दिरमा पूजा गरिएको ढुङ्गा सोही नगरपालिकाको पाख्रिबासकी सरस्वती पुन नाम गरेकी महिलाले लगेपछि स्थानीयले ढुङ्गा फिर्ता ल्याउनुपर्ने भन्दै भेला भएका थिए । ती महिलाले सपनामा भगवानले सो ढुङ्गा ल्याउन भनेको भन्दै लगेको प्रहरीले जनाएको छ । ढुङ्गा फिर्ता ल्याउन भेला भएका स्थानीयलाई सुरक्षाकर्मीले रोकेपछि झ–डप भएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु