काठमाडौ । सधैँ नाफामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ खुलाएको छ । प्रति साधारण शेयर रु १०० अंकित दरको २,१०,००,००० कित्ता मध्ये जारी पूँजीको ३० प्रतिशत अर्थात ६३,००,००० कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात ३,१५,००० कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाडँफाडँ गरिएको र ५ प्रतिशत अर्थात ३,१५,००० कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ५६,७०,००० कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरिएको छ।

 

आवेदन दिने समय ?
आईपीओ भाद्र ४ गते देखि भाद्र ८ गते सम्म खुल्ने छ । भाद्र ८ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि भाद्र ८ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा भाद्र २२ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै कम छ ।

 

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ६३,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु