काठमाडौ । आ उ त मेरो एकदम नजिकको साथी, लौ मेरो फुपाजु, भिनाजु, मामा, माईजु, काका–काकी पो हो त । कसरी नआउँनु नभेटौँ भन्नु ? हो यस्तै भन्दा नेपालमा कोरोना भाइरस (कोभिड–१९) फैलिएको छ । किनकी के थाहाँ उहाँहरुलेपनि यस्तै सोचेर साथीभाई आफन्तबाट कोरोना सारिसक्नुभएको छ की ? त्यही संक्रमणपनि तपाईको घरमा आइसक्यो की ? फेरी तपाई हुँदै तपाईका साथीभाई आफन्तसम्मपनि पो पुग्ने हो की ? किनकी यस्तो भाइरसको स्रोत र बाटो यही नै हो ।

यसैले यो बेला साथीभाई, आफन्त भन्ने बेला हैन । तपाई त जबरजस्ति गरेर बेवास्ता गर्दै हुनुहुन्छ होला । तर तपाईका कारण तपाईको परिवार, तपाईको समुदाय, तपाईको देश हुँदै विश्भरी महामारी फैलिदैछ । तपाईको बेवास्ताका कारण मानिसको मृत्यु भइरहेको छ । यसैले सचेत बन्नुहोस् । यो सचेत सन्देश सबैमा सेयर गर्नुहोस् ।

 

किनकी कोरोना संक्रमण साथीभाई–आफन्त वा चिनजान भएको व्यक्तिबाट नै सर्ने भएकोले सचेत रहन स्वास्थ्य मन्त्रालयले आम सर्वसाधरणमा अनुरोध समेत गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साथीभाई, आफन्तमा कोरोना भाइरस छैन भन्ने सोचाईले ठुलो खतरा निम्ताइरहेको बताए।

‘आफ्नो साथीभाई, आफन्त र चिनजानका मानिसमा कोरोना भाइरस छैन। उनी सँग भेट गर्दा मास्क लगाउनु पर्दैन। २ मिटर दुरी कायम गर्न भन्ने सोचाई आम मानिसमा अझै छ, डा. गौतमले भने,‘ यस्तो सोचाईले ठुलो खतरा निम्ताइरहेको छ।’ नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्नु आफैंमा खतराको संकेत रहेको डा. गौतमले बताए।

‘मलाई केही हुँदैन, कोरोना भनेको बाहिरबाट आउनेलाई मात्र हुने हो, वा स्वास्थ्य समस्या भएकालाई मात्र असर गर्छ मलाई केही हुँदैन । म बलियो छु। मलाई कुनै रोग छैन भन्ने सोच अझै कायम नै रहेको छ, डा. गौतमले भने,‘ भाइरसले धनि–गरिब, वृद्धा–युवा वा केटाकेटी कोही पनि छुट्याउदैन।’

बाहिरबाट सोचे जस्तो हाम्रो शरीर कोभिड भाइरस सँग जुध्न सक्ने हुन सक्ने नहुनसक्छ। त्यसकारण हामी सबै कोरोना संक्रमणको जोखिमा रहेका छौ, डा. गौतमले भने। ‘म बाहेक अरु जसलाई पनि कोरोना भाइरस हुन सक्छ भनेर शंका गर्न र व्यवहार गर्नेको सर्वसाधारणलाई आग्रह गरे। पछिल्लो केहि दिन यता कोरोना संक्रमणको दर बढ्दो रहेको छ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु