काठमाडौं । चर्चित युट्यबर एवं विवादित मोडल सोनिका रोकाया एकाएक चर्चामा आएकी छिन् । उनले हालै फेसबुक लाइभमा आएर ‘रौद्ररुप’ देखाएपछि उनको चर्चा सुरु भएको हो । विक्षिप्त हालमा देखिएकी उनले लाइभमा केही आपत्तिजनक शब्दहरु बोलेकी छिन् ।

 

उनले उक्त लाइभ भिडियोमा, ‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गरेकी छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अपाच्य शब्दहरु प्रयोग गर्दै आफ्नो बह निकालेकी छन् । एक व्यक्तिको नाम लिएर चेतावनीसमेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।

 

 

भिडियोमा ति व्यक्तिको नाम राम गौतम भनिएको छ । जानकारी अनुसार राम सोनिकाको युट्यब च्यानल व्यवस्थापन गर्दै आएका थिए । तर भिडियो सम्पादनलगायत कामहरु गर्दै आएका उनले सोनिकाबाट आफ्नो पारिश्रमीक नपाएपछि सोनिकाको कम्युटर नियन्त्रणमा लिएको एक बयानमा बताएका छन् । गौतमका अनुसार सोनिकाले उनलाई पैसा नदिएर वा कम दिएर काम लगाउन खोजेकी थिइन् । उनका छोराले भिडियो सम्पादनको काम गर्ने गरेको उनले बताएका छन् ।

 

आर्थिक लेनदेनको कुरालाई लिएर विवाद भएको बताइएको भए पनि ठोस कारण भने खुल्न सकेको छैन । पूर्वयुवराज पारससँग सोनिकाको अफेयर रहेको चर्चा केही समयदेखि चलेको थियो । तर, उनीहरु अहिले अलग भएको बताइएको छ । सोनिका गाउँको घरबाट फेसबुक लाइभमा आएकी हुन् । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागिपरेको बताउने गर्थिन् । उनले आफुलाई सोनिकाबाट पूजामा परिवर्तन गर्न लागेको बताउँदै आएकी छिन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु