काठमाडौं । कोरोना महामारीविरुद्धको लडाँई जितेका भारतका गृह मन्त्री अमित शाहलाई एम्स अस्पताल भर्ना गरिएको छ । कोभिड–१९ संक्रमित भएका उनको मेदान्त अस्पतालमा उपचार गरिएको थियो । कोरोना भाइरसबाट मुक्त भएपछि शाहलाई डिस्चार्ज गरिएको थियो । तर, अचानक आज उनलाई एम्स अस्पताल पुर्‍याइएको हो ।

 

 

एम्सले जारी गरेको वक्तव्य अनुसार जीउ दुख्ने समस्या देखिएपछि उनलाई अस्पतालको पोस्ट कोभिड केयर युनिटमा राखेर उपचार सुरु गरिएको छ । अस्पतालले भनेको छ , ‘गृहमन्त्री अमित शाहले ३–४ दिन यता शरीर दुखेको गुनासो गर्दै आउनुभएको थियो । उहाँमा कोभिड–१९ परीक्षण नेगेटिभ देखिसकेको छ । अहिले उहाँ एम्सको पोस्ट कोभिड केयरमा भर्ना हुनु भएको छ । उहाँ सामान्य अवस्थामा हुनुहुन्छ र अहिले अस्पतालबाटै काम गरिरहनु भएको छ ।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु