काठमाडौं । त्रिभुवन विश्वविद्यालयलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दु:ख व्यक्त गरेको छ । त्रिविले भनेको छ, ‘साहित्यक्षेत्रका अमूल्य निधी राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधनप्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना साथै शोकाकुल परिवारप्रति त्रिभुवन विश्वविद्यालय गहिरो समवेदना प्रकट गर्दछ ।’

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रकवि घिमिरेको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिनु भएको छ । ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । शोक सन्देशमा घिमिरेको निधनले नेपालले साहित्य र वाङमयका एक विशिष्ठ साधक गुमाएको छ भनिएको छ ।

ओलीले ट्वीटरमा लेख्नु भएको छ, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेका १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहाँले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।

शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ काठमाडौँको कपुरधारास्थित आफ्नै निवासमा मंगलबार साँझ राष्ट्रकवि घिमिरेको १ सय २ वर्षको उमेरमा निधन भएको हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु