काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे निधनलाई लिएर पूर्वमन्त्री गोर्कण विष्टले दुःख व्यक्त गर्नुभएको छ । नेकपा नेता समेत्त रहनु भएका विष्टले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले लेख्नु भएको छ,‘श्रद्धेय राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यूले भौतिक रुपमा हामीबीचबाट विदा लिएपनि नेपाली साहित्य र राष्ट्रका लागि उहाँले दिनुभएको योगदान सदैव अमर रहनेछ ।

 

 

स्वर्गीय राष्ट्रकविज्यू प्रति हार्दिक श्रद्धाञ्जली ।’ राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको थियो । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका उहाँको मंगलबार १०२ वर्षको उमेरमा आफ्नै निवास लैनचौरमा निधन भएको हो । कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छुनु भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् ।

 

उहाँका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् । उहाँको निधनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य व्यक्तिहरुले पनि समवेदना प्रकट गरेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु