काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले आज राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रकवि स्वर्गीय घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाउनुभएको हो । १ सय २ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको हिजो साँझ निधन भएको हो ।

राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । आज पशुपति आर्यघाटमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु उनको निवास लैनचौर पुगेर श्रद्धाञ्जली दिएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु