आज मात्र ६८१ कोरोना संक्रमित थपिए : को-कहाँका ? [विवरणसहित ]

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३ भदौ, २०७७

काठमाडौं । नोभेल कोरोना भाइरसका ६८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६८१ संक्रमित थपिएका हुन् । जसमा २१६ महिला र ४६५ पुरुष रहेका छन् । मंगलबार हालसम्मकै एकदिनमा सर्वाधिक एक हजार १६ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १२० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ७०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६१ दशमलव प्रतिशत रहेको छ ।

 

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ५४ हजार ३८८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ७ हजार ८९७ आइसोलेसन र होम आइसोलेसनमा ३ हजार १३१ रहेका छन् । आजसम्म देशभर १३ हजार ५७१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

 

 

कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । संखुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिन्छ । हालसम्म ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् ।

 

शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर गरिएको १२ हजार ३४७ पीसीआर परीक्षणमा ६४१ मा कोरोना पोजेटिभ देखिएको हो । आइतबार १३४ जना अस्पतालबाट डिस्चार्ज भएका थिए । ११ हजार ५२ को पीसीआर परीक्षण गर्दा सोमबार ५८१ कोरोना संक्रमित थपिएका छन् भने १६० जना डिस्चार्ज भएका छन् ।

 

मंगलबार १३ हजार ४६१ को पीसीआर परीक्षण गर्दा एक हजार १६ कोरोना संक्रमित थपिएका थिए भने ८५ जना डिस्जार्ज भएका थिए । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु