काठमाडौ । चीनले सिन्जियाङ प्रान्तको होतान हवाई अड्डामा दुई वटा जे–२० विमान राखेको स्याटलाइट तस्बिरबाट पत्ता लागेको फोर्ब्सले जनाएको छ। सो हवाई अड्डा भारतीय सीमाबाट सबैभन्दा नजिक पर्ने चिनियाँ हवाई अड्डा हो, जुन चीन र भारतबीच विवादित अक्साइ चीनबाट ३ सय २० किलोमिटर टाढा पर्छ।

 

अर्कोतिर चीनले भर्खरै फ्रान्ससँग किनेको राफेल विमान पनि लद्दाखमा तैनाथ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतले फ्रान्ससँग ३६ वटा राफेल किन्ने सम्झौता गरेको छ। हालसम्म ५ वटा राफेल विमान भारत आइपुगेका छन्। सो विमानले हिमाचल प्रदेशमा राति पनि हवाई गस्ती गरेको बताइएको छ।

 

हिमालयमा दुवै देश आफ्नो वर्चस्व बढाउन चाहन्छन्। तर लडाकु विमानको सन्दर्भमा चीनको हात माथिबाट पर्ने विज्ञहरुको भनाइ छ। किनभने चिनियाँ जे–२० स्टिल्थ विमान अर्थात् राडारलाई छल्ने क्षमता हो।

सम्बन्धित खबरहरु