काठमाडौं । रौतहटमा एक मन्दिरको पुजारीको ज्यान लिइएको छ । बुधवार राति सबा ९ बजे जिल्लाको माधवनारायण नगरपालिका–२ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको ज्यान लिइएको हो ।

अज्ञात व्यक्तिको समुहले मन्दिर परिसरमा खाना खाइरहेको अवस्थामा पुजारी साहको ज्यान लिएर फरार भएको प्रहरीले जनाएको छ ।

पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले बताउनुभएको छ । ज्यान लिने समुहको पहिचान नभएको र उनिहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक महतोले बताउनुभयो ।

ज्यान कस्ले र किन लिएको भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने उहाँले बताउनुभयो । लाश पोष्ट मार्टमका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु