काठमाडौं । नक्कली पाइलट बनेर हदैसम्मको हर्कत गर्ने समातिएका छन् । आफूलाई पाईलट हुँ भन्दै महिलाहरुलाई प्रभोलनमा पारेर गहना लुटपाट गरेको अभियोगमा प्रहरीले नक्कली पाइलटलाई पक्राउ गरेको छ ।

पाईलट हुँ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने मकवानपुर नामटार–२ घर भएका रोहिनजंग शाह भन्ने २३ वर्षीय रबिन सुनुवारलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

सुनुवारले विगत एक वर्ष अगाडिदेखि रोहिनजंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको पाइलट हुँ भनी प्रलोभनमा पारी महिलाहरुसँग रहेका सुनको गहना लिने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनकै कोठाबाट उनलाई पक्राउ गरेको हो ।

सुनुवारले महिलाहरुबाट करिब ११ तोला बराबरको सुनका गहनाहरु र दुई थान मोबाइल समेत लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु