सभामुखले माघ ८ मा संविधान नआउने जानकारी राष्ट्रपतिलाई दिए

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३० पुस, २०७१

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले माघ ८ मै संविधान आउने सम्भावना टरेको राष्ट्रपति डा. रामबरण यादवलाई जानकारी गराएका छन् । राष्ट्रपति निवास शीतल निवासमा आज विहान भएको भेटमा उनले पूर्वनिर्धारित मिति माघ ८ मा संविधान जारी नभए के गर्ने भन्नेबारेमा समेत छलफल गरेको स्रोतले जनाएको छ । भेटमा राष्ट्रपतिले तोकेको समयमा संविधान जारी नभए कस्तो परिस्थिति आउछ भन्दै सभामुखसँग जिज्ञासा राखेका थिए ।

जवाफमा नेम्वाङले दलहरुबीच विषय र प्रक्रिया दुबैमा सहमति नभएकाले माघ ८ मा संविधान आउने सम्भावना टरेको जानकारी गराएका थिए । सभाध्यक्ष नेम्वाङले अब आफू दलहरुले नै बनाएको नियमावलीअनुसार अघि बढ्ने जानकारी राष्ट्रपति यादवलाई गराएको पनि बताइएको छ ।

सम्बन्धित खबरहरु