काठमाडौं । बढ्दो कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा सुनसान छ । यो बीचमा सरकारले जारी गरेको निषेधाज्ञाको समयमा पनि रेमिट्यान्स कम्पनीहरुले सेवा दिने भएका छन् । निषेधाज्ञाको समयमा पनि रेमिट्यान्सको कारोबार भइराख्ने भएकाले सेवा सुचारु नै राख्न नेपाल राष्ट्र बैकले परिपत्र मार्फत निर्देशन दिएको छ ।

 

विदेशमा कार्यत नेपालीले पठाएको रेमिट्यान्स भुक्तानी नहुँदा घर व्यवहार चलाउन पनि समसया हुने भएकाले कम्पनीहरुलाई सेवा सूचारु राख्न भनिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिनुभयो ।

 

 

राष्ट्र बैंकले शुक्रबार रेमिट्यान्स कम्पनीहरुलाई परिपत्र गर्दै सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरेर सेवा सुचारु गर्न र कर्मचारीहरु न्युनतम राखेर सेवा दिनु पर्ने परिपत्रमा उल्लेख गरिएको छ । यस अघि नेपाल राष्ट्र बैकले सबै बैकहरुलाई बैकिङ सेवा न्यूनतम कर्मचारीबाट संचालन गर्न निर्देशन दिएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु