काठमाडौ । यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो संख्या हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस (IP Address) भनिन्छ ।

 

यो एड्रेस इन्टर्नेट असाइन नम्बर प्राधिकरण (IANA) भन्ने अमेरिकी संस्था ले सबै इन्टरनेट सेवा प्रदायकहरु लाई बाँडफाँड गरी प्रदान गरेको हुन्छ । आईपी एड्रेसका दुई संस्करण हुन्छन् । एउटा आईपी भर्सन फोर ( IPv4) हो भने अर्को आईपी भर्सन सिक्स (IPv6 ) हो । सुरुको भर्सन आईपी भी फोरमा चार अर्ब ३० करोड वटा पब्लिक एड्रेसहरु छन् । जसका कारण यसको कोटा २०११ को अप्रिल १५ मा नै समाप्त भयो । परिणामत: पब्लिक भी फोरको अभावको समस्यालाई निराकरण गर्न अधिकांश इन्टरनेट सेवाप्रदायकहरु अहिले प्राइभेट एड्रेसिङको प्रयोगका लागि नेटवर्क एड्रेस ट्रान्सलेसन (एन ए टी, NAT) प्रविधिमा निर्भर छन् ।

 

 

यो प्रोटोकलको पछिल्लो संस्करण भनेको आईपीभी सिक्स हो । आईपीभी सिक्सभित्र आईपी एड्रेस यति धेरै छन् कि जुन कहिल्यै समाप्त हुने छैनन् । जसले गर्दा विश्वमा भविष्यमा इन्टरनेटसँग जोडिने हरेक डिभाइसका लागि यसले छुट्टाछुट्टै रोउटेबल एड्रेस असाइन गर्ने क्षमता राख्छ । यसमा एनएटी (NAT) प्रविधिको आवश्यकता नहुने हुँदा यो आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस अली राम्रो हुन्छ ।

 

हाल गूगल, फेसबुक जस्ता कन्टेन्ट सेवा प्रदायकहरुले आईभी सिक्स मा पनि सामग्री प्रदान गर्छन् । जसलाई हरेक इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तासम्म पुर्‍याइरहेका हुन्छन् । हाल उपकरणको ईकोसिस्टममा पनि भी सिक्स र भी फोर दुवै इनेबल हुँदा प्रयोगकर्ताको डिभाइसमा हुने ब्राउजर एप्लिकेसनहरुले स्वचालित रुपमा भी सिक्सलाई नै प्राथमिकतामा राखिरहेका हुन्छन् ।

 

विर्ल्ड लिंक नेपालको पहिलो इन्टनेट सेवा प्रदायक हो, जसले जुलाई २०१९ मा आईपीभी सिक्सलाई इनेबल गरेको थियो । विश्वमा कमै मात्र आईएसपीहरुले यसलाई इनेबल गरेका छन् । भी सिक्समा जाँदा हामीले ग्राहकलाई अलि उत्कृष्ट इन्टरनेट सेवा दिन सक्छौं र सेवाप्रदाकहरुका लागि रिमोटली ग्राहको समस्या निवारण अलि सजिलो बनाइदिन्छ । अहिले विश्वसँगै नेपाल पनि इन्टरनेट अफ थिङ्स (IoT) मा गइरहेको अवस्थामा त्यसलाई वृहत् बनाउन यस किसिमको तयारीलाई ठूलो विकासको संकेत मान्न सकिन्छ ।

 

हाल वर्ल्डलिंकका अनुसार हाल कम्पनीका चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार भी सिक्स प्रोटोकल नेटवर्कमा गइसकेका छन् । विर्ल्डलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्छन् ।

 

एसिया प्रशान्त नेटवर्क इन्फर्मेसन सेन्टर (APNIC), गूगल र फेसबुकको तथ्याङ्क अनुसार हाल विश्वको करिब २६ प्रतिशत नेटवर्क भी सिक्समा छ । यस्तै नेपालको ११ प्रतिशत नेटवर्क आईपीभी सिक्स गएको छ । जसमा सबैभन्दा धेरै योगदान आफ्नै रहेको वर्ल्डलिंकको छ । यसले इन्टरनेटलाई छिटो र व्यापक मात्र हैन साथै यसले इन्टरनेट सुरक्षा समेत बढाउन मद्दत गरेको छ । सरकारी तथा नियामक निकायहरुलाई गैरकानूनी गतिविधि ट्रयाक गर्न समेत सजिलो बनाऊनेछ , जुन कुरा आईपीभी फोरमा नेटवर्क एड्रेस ट्रान्सलेसन NAT को कारण ले गतिविधि ट्र्याक गर्न निकै कठिन हुन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु