काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरिएको छ । आज(शुक्रबार) मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो । प्रवत्ता खतिवडाका अनुसार गत चैतदेखि साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ बराबरको खर्च भएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु