प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस–एमालेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने–‘एमाओवादीलाई कसरी विश्वास गर्ने, उहाँहरु सहमतिको कुरा पनि गर्नुहुन्छ अनि सडक आन्दोलन पनि गर्नुहुन्छ , त्यसैले उहाँहरुको नियत नै संविधान नल्याउने देखिन्छ ।’
ओलीले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कारण निर्धारित मिति मै समय आउने सम्भावना अत्यन्तै कम रहेको उल्लेख गर्दै काँग्रेस–एमाले अब प्रक्रियामै गएर भएपनि संविधान जारी गर्ने पक्षमा पुगेको बताए ।
उनले संघीयताको सवालमा भने राष्ट्रिय अखण्डता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै राज्यको पूर्नसंरचना गर्नुपर्ने पक्षमा आफ्नो पार्टी दृढ रहेको स्पष्ट पारे ।
उनले काँग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले अघि सारेको प्रस्ताववारे अहिले नै छलफल गर्न नसकिने स्पष्ट पारे । उनले अन्तरिम संविधानले मुलुकको हित नगर्ने समेत जिकिर गरे ।