काठमाडौ । कोरोना भाईरस कोभिड १९ का कारण आईपरेको संकटलाई समाधान गर्ने गरी न्यूनतम ६ महिने कोभिड केन्द्रित क्यालेण्डर सार्वजनिकको तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरुलाई निर्देशन दिएसँगै विश्वविद्यालयहरु शैक्षिक क्यालेण्डर तयार गर्न लागि परेका थिए ।

 

कोभिडका कारण आईपरेको संकटमा कसरी शैक्षिक गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा विश्वविद्यालय अनुदान आयोगले सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरुसँग भर्चुअल छलफल आयोजना गरेको थियो । सोही बैठकबाटै मन्त्री पोखरेलले उक्त निर्देशन दिएका हुन् । कोभिड केन्द्रित भएर शिक्षा नीतिलाई परिमार्जन गर्ने तयारीमा मन्त्रालय जुटेकोले समयमै सुझाव दिन पनि उनले अनुरोध गरेका थिए ।

 

 

विगत ५ महिनाका बिचमा विश्वविद्यालयहरुले आवश्यक पूर्व तयारी गरेको आफूले अपेक्षा गरेको मन्त्री पोखरेलले बताए । उनका निजी सचिव पुरन केसीका अनुसार मन्त्री पोखरेलले हरेक विश्वविद्यालयहरुसँग आफ्ना विद्यार्थीको अपडेट रहेको तथा सम्पूर्ण विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई हामि अध्ययन गरीरहेका छौ भन्ने कुरा महशुस गराउन सकेको अपेक्षा गरेको बताएका थिए ।

 

ुहामीले माहामारीको सामाना गरेको ५ महिना भईसकेको छ, यो समयसम्म आइपुग्दा सबै विश्वविद्यालयले आफ्ना सम्पूर्ण विद्यार्थीको ट्रयाकिङ्ग गरिसक्नु भयो भन्ने ठानेको छुु मन्त्री पोखरेलको भनाई उदृत गर्दै केसीले भने ईण्टरनेट भएन, सबै विद्यार्थीको पहुँचमा पुग्न सकिएन विद्युत भएन जस्ता विषयहरु मैले सुन्न चाहेको छैन, अहिलेको अवस्था असामान्य हो यस्तो अवस्थामा तपाइएहरुले कस्ता नयाँ काम गर्ने शैली विकास गर्नु भयो त्यो बताउनुस् ।

 

छलफलमा सहभागी उपकुलपतिहरुले विद्यार्थीको ट्रयाकिङ्ग गर्न बाँकि रहेको, परीक्षा सम्पन्न भएकाहरुको नतिजा प्रकाशन गर्ने कार्य भइरहेको तर पास आउट हुने विद्यार्थीको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न समस्या रहेको बताएका थिए । डाटा सेण्टर नभएकोले साझा डाटा सेण्टर स्थापना गर्दा प्रभावकारी हुने उनीहरुको सुझाव थियो ।

 

छलफलमा मन्त्री पोखरेलले राष्ट्रिय योग्यता प्रारुप मन्त्री परिषद्बबाट सैंद्धान्तिक सहमति आइसकेकोले यसको आधारमा विश्वविद्यालयले आफ्ना कामहरु अगाडि बढाउने अपेक्षा गरे । विशेषतः शिक्षा संकायलाई प्रोफेसनल संकायको रुपमा विकास गर्दै अन्य पाठ्यक्रमहरु पनि समय अनुसार परिमार्जन गर्न जरुरी रहेको उनले बताए । छलफलमा सहभागी विश्वविद्यालयका उपकुलपतिहरुले आ आफ्ना विश्वविद्यालयहरुको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु