काठमाडौं । ‘मंगोल हप अफिसियल’ युट्युब च्यानलबाट सोमबार (१ भदौ) सार्वजनिक भएको ‘देशद्रोही’ शीर्षकको म्युजिक भिडियो युट्युबबाट हटाइएको छ । नेपालको झण्डा, पूर्वराजादेखि नेताहरुको तस्बिरसमेत जलाइएको देखाइएपछि सर्वत्र विरोधसहित कारबाहीको माग गरिएको थियो ।

 

उक्त गीतमा मुलुकको राष्ट्रियता, जातीय सद्भाव भड्काउन गरी आपत्तिजनक शब्दहरु प्रयोग गरिएको थियो । प्रहरीले नेपाली राष्ट्रिय झण्डा जलाएको आरोपमा ९ जना पक्राउ गरिसकेको छ । राष्ट्रिय झण्डा जलाएर देशद्रोही गीत गाउने तथा भिडियो बनाउने ९ जनालाई प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।

 

केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) र महानगरीय अप–राध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित भिडियोमा अभिनय गर्ने व्यक्तिलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त तामाङ्गसहित पक्राउ गरिएका ९ जनालाई कानुन बमोजिम कारबाही गरिने छ ।

 

मुलुकी अप–राध संहिता ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा मुलुकी अप–राध संहिता ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु