काठमाडौं । गम्भीर प्रकरणमा संलग्न व्यक्तिलाई प्रहरीले खोज्न थालेको छ । प्रहरीले बारा, महागढीमाई नगरपालिका–७ बेनौली गाउँको सडकबाट स्रोत नखुलेको १६ लाख नेपाली रकम शनिबार बरामद गरेको छ । मोटरसाइक चलाउँदै आएका एक जनाले प्रहरीको टोली देखेर झोलासहित १६ लाख रकम फालेर भागेका थिए ।

 

रकम फालेर भाग्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीको अनुमान छ । यस्तो जटिल अवस्थामा समेत यति धेरै रकम कसरी आयो प्रहरी नै चकित भएको छ । गलत कार्यको रकम नभए त्यसरी प्रहरी देख्नासाथ फ्याकेर हिँड्ने थिएनन् । हामी उनको खोजी गरिरहेका छन् । अनुशन्धानले के हो बास्तविकता खुलाउँनेछ एक प्रहरी अधिकारीले जनबोलीसँग भने । उनले भने हामी चेकजाँचको तयारीमा थियौँ ।

 

उनी हेर्दै हाम्रो विषेशज्ञताले केही गलत छ भन्ने अवस्थामा थिए । हामी सवारी रोक्ने तयारीमा थियौँ । उनले त्यो बुझ्नासाथ सवारी र झोला त्यही छोडे र आफु फरार भए । उनी भाग्दा भाग्दै समात्ने हाम्रो प्रयास विफल भयो । तर हामी उनको हुलियाँका आधारमा चाँडै पक्रिने छौ प्रहरी अधिकारीले भने ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु