रियो डी जेनेरियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वभरी नै मानिसहरु सामाजिक दुरीमा छन् । यो घडीमा जुम मिटिङ एकदमै चर्चामा छ । र यही जुम बैठकमा अनेकौँ कुराहरु हुने गरेका छन् । खबर हो ब्राजिलको रियो डी जेनेरियोको । रियो डी जेनेरियो परिषदको जुम बैठकमा एक जोडी रंगलीलामा ब्यस्त भएपछि लज्जास्पद स्थिति बन्यो । ती जोडीले आफनो ल्यापटपको क्यामरा बन्द गरेको थिएन, जसले उनीहरुको सबै कृयाकलाप प्रत्यक्ष प्रसारित हुन पुगेका थियो । उक्त बैठकको अध्यक्षता सोसलिज्म र लिबर्टी पाटीएका एक सदस्य लिओनेल ब्रिजोलाले गरेकी थिइन् ।

 

उक्त लज्जास्पद घटना प्रत्यक्ष प्रसारित भइरहँदा पनि ब्रिजोलाले आफनो बैठक जारी राखिन् । रियो शहरको परिषद बैठकमा कोरोना संकटलाई ध्यानमा राख्ने विद्यार्थीका लागि खानाको ग्यारेन्टी गर्ने विषयमा चर्चा भइरहेको थियो । सामाजिक सन्जालमा सेयर भइरहेको भिडियो फुटेजमा जुममा भइरहेको बैठकका क्रममा त्यसमा सहभागी एक ब्यक्ती बैठक छोडेर रंगलीला कार्य गर्न थालेको देखिएको थियो ।

 

यो बैठक विहान १० बजे शुरु भएको थियो । बैठक आफनो योजना अनुसार चलिरहेको थियो । यसबीच त्यसमा सहभागी ती ब्यक्ती चर्चा गर्न छोडेर रंगलीलामा ब्यस्त हुन थालेका थिए । त्यतिबेला उनको डिभाइसको क्यामरा अन थियो । स्थानिय अखबारका अनुसार ती ब्यक्ती पार्षद थिएनन् । उक्त बैठक ४ घन्टा सम्म चलेको थियो । यस क्रममा पार्षदहरुले पुरै घटना देखेको तर उनीहरुले नदेखे जस्तो गरेका थिए ।

 

ब्रिजोलाले उक्त घटनालाई लिएर खेद ब्यक्ती गरेकी छन् । जब आफुले उक्त घटना देखिन्, उनले तत्काल भिडियो र अडियो बन्द गर्न आदेश दिएको उनले बताइन् । उक्त घटनामा संलग्न ब्यक्तीलाई कुनै कारवाही भयो वा भएन भन्ने विषयमा तत्काल स्पष्ट भएको छैन ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु