सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले संविधान लेखन प्रक्रियामा सहमति र प्रक्रियालाई सँगसँगै लैजाने निश्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा उनीहरुले एमाओवादी मोर्चालाई बन्द र हड्ताल छाडेर वार्ताको टेवलमा आउन आह्वान गर्दै संविधान लेखन अब प्रक्रियाबाटै टुँगो लगाउने निर्णयमा पुगेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु अब संविधानसभाको नियमावली अनुसार नै अघि बढ्ने निश्कर्षमा पुगेको जानकारी दिए ।

उनले एमाओवादी लगायतका मोर्चालाई सहमति छाडेर नजान पनि आग्रह गरेको बताए । उनले भने–‘सहमतिको लागि एमाओवादी मोर्चाले आन्दोलन छोड्नुपर्छ ।’

नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आजको बैठकमा प्रक्रिया लगायत विभिन्न विकल्पहरुकावारेमा गम्भिर रुपमा छलफल भएको बताए । देउवाले आफूले अघि सारेको प्रस्तावमा एमाओवादी र मधेशवादी दलले सहमति जनाउने हो भने आफू काँग्रेस–एमालेलाई मनाउन तयार रहेको समेत बताए ।

उनले आजको द्धिपक्षीय वार्तामा संविधान लेखन प्रक्रियाकावारेमा र वर्तमान राजनीतिक अवस्थाका वारेमा गम्भिर रुपमा छलफल भएको जानकारी दिए ।

सम्बन्धित खबरहरु