काठमाडौं । गत २४ घन्टामा काठमाडौं उपत्यकामा १६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै सबैभन्दा जोखिम काठमाडौवासीलाई भएको विज्ञहरुको ठहर छ । काठमाडौमा अहिले टोल नै पिच्छे संक्रमित देखिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित फेला परेको जानकारी गराएको हो ।

 

देशभरको आंकडा अनुसार गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरस (कोभिड–१९)० का कारण थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१८ जना सङ्क्रमित भएका छन् । आज भएको यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ । अर्को तिर कोरोना सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१,९३५ पुगेको छ । अहिलेसम्म १८,६३१ जना भाइरसमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

 

काठमाडौँ उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुग्यो

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या अत्यन्तै उच्च देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा संक्रमितको संख्या उच्च रहेको हो। बागमती प्रदेशको काठमाडौ समेत उपत्यकामा संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ । काठमाडौमा सबै भन्दा बढि २५ सय ८१ जना कोरोना संक्रमित रहेका छन् ।

 

यस्तै ललितपुरमा ४ सय १० भक्तपुरमा २ सय ७१, चितवनमा ३ सय ४१, धादिङमा १ सय ७२ जनामा संक्रमण देखिएको छ। यस्तै मकवानपुरमा २ सय ९२,सिन्धुपाल्चोक र काभ्रेमा ८९–८९ जना,नुवाकोटमा ७७ जना,सिन्धुलीमा ६३,रामेछापमा ५४ जना,दोलखामा ३४ जना र रसुवामा १४ जना संक्रमित भएका छन्। कोरोनाबाट हालसम्म बागमती प्रदेशमा ३१ जनाको मृत्यु भएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु