काठमाडौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत फेरिने भएका छन् । राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

 

जसपा नेपालका सांसद मनिष कुमार सुमनले दिएको जानकारीअनुसार जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब चुनिने नेता नै मुख्यमन्त्री बन्नेछन् । अहिलेका मुख्यमन्त्री राउत संसदीय दलको नेता नबन्ने निश्चित् रहेको बुझिएको छ । मुख्यमन्त्री बन्ने दौडमा हालका भौतिक मन्त्री जितेन्द्र सोनलको दौडधुप चलेको छ ।

 

 

राउत तत्कालिन समाजवादी पार्टी, नेपालका सांसद हुन् । र, सोनल भने तत्कालिन राजपा नेपालका सांसद हुन् । २ नम्बर प्रदेशमा यसअघि पनि गठबन्धनको सरकार ढल्ने चर्चा चलेको थियो । तर, अहिले दुई पार्टीबीच एकता भएको छ । अब एउटै दलको सरकार बन्ने भएको हो । यसका लागि पार्टीले सबै समुहको चित्त बुझ्दो नेतालाई मुख्यमन्त्री बनाउँने तयारी रहेको बुझिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु