काठमार्डौं । सत्तारुढ दल नेकपा भित्रको निरन्तरको देखिएको विवाद अब समाधान भएको छ । विवाद समाधान गर्नका लागि गत साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसहमतिमा बुझाएसंगै नेकपा भित्रको नेतृत्व कलह साम्य भएको आँकलन भएको हो । कतिपयले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पल्लाभारी हुने गरी प्रतिवेदन आएकाले असन्तुष्ट नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतले चिन्त नबुझाउन सक्ने आशंका पनि गर्न थालेका छन ।

तर प्रतिवेदन सर्वसहमितमा आएको र समितिमा दुवै तर्फका नेता रहेकालेपनि विवाद समाधान भएको भन्ने ठहर गर्न सकिन्छ । प्रतिवेदनमा उल्लेख गरिएका कतिपय महत्वपूर्ण भनिएका सुझावहरु पार्टी भित्र पहिले नै कार्यान्वयनमा लाने निर्णय गरिसकिएको छ । विशेष गरी पार्टी अध्यक्षद्वय ओली र दाहालका बीचको कार्य विभाजन पार्टीका लागि पीलो बनिरहेको छ । ओलीले संसदको पूर्णकाल सरकार चलाउने र पार्टीको कार्यकारी कामकारवाही दाहालले संचालन गर्ने भन्ने कार्य विभाजनलाई ओलीले कति आत्मसाथ गर्छन , त्यसले नेकपाको विवाद समाधान गर्न सघाउने छ ।

कार्यदलले बुझाएको प्रतिवेदनका मुख्य बुँदाहरु

  • प्रतिनिधिसभाको बाँकी कार्यकाल प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने ।
  • सरकारलाई प्रभावकारी बनाउन मन्त्रीमण्डलमा परिवर्तन गर्ने ।
  • अध्यक्ष दाहालले पार्टीका कामकारवाहीलाई संचालन गर्ने । पार्टीका बैठक संचालन गर्ने ।
  • राजनीतिक नियुक्तिलाई सचिवालयमा छलफल गरेर मात्रै सहमतिका आधारमा निर्णय गर्ने ।
  • प्रदेश सरकारलाई प्रभावकारी बनाउन आवश्यक मात्रमा पुर्नगठन गर्ने ।
  • एकताका बाँकी कामलाई टुंगो लगाई महाधिवेशनमा केन्द्रित हुने ।
  • एकता महाधिवेशन चैत्र २५ देखि ३० भित्रकै मितिमा गर्नु पर्ने ।
  • नक्सा , आवश्यक तथ्यप्रमाणका आधारमा भारतसंग कुटनीति वार्ता गर्ने ।
  • कोरोनाको उपचार तथा नियन्त्रणदेखि कोरोना पछिको आर्थिक योजना लगायतका आर्थिक क्षेत्रका सुझाव ।
    निशेधाज्ञा पछि स्थायी समिति बैठक बस्नु पर्ने ।
  • असोज अन्तिम सातासम्ममा समितिको बैंठक बस्नु पर्ने । यसमा कोरोना संक्रमणको अवस्थालाई हेरिने ।
  • कार्यदलले दिएको सुझावका आधारमा पार्टी सम्भवभए सम्म परिमार्जन गरेर एमसीसी पारित गरेर अगाडि बढ्ने ।
  • शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निर्धारित कार्यतालिका बनाएर छिटो टुंगोमा पुर्याउने ।

लगायतका सुझावहरु प्रतिवेदनमा उल्लेख गरिएका छन् । यी सुझावहरु कुनै नौला र नयाँ पक्कै पनि होईनन् । पार्टी भित्र वहस चलदै आएका कुरालाई कार्यदलले प्रतिवेदनमा समावेस गरेका कारण । प्रतिवेदनका सुझाव कार्यान्वयन हुन्छ र पार्टी भित्रको विवाद साम्य हुन्छ भन्ने कुरमा आगामी दिन कुर्नु पर्ने देखिन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु