सोमबार राति करिब ११ बजे घरको आँगनमा ३३ वर्षीया मीराको शरीरमा गहुँको भुसा र मट्टितेल खन्याएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक भरत शाहले सोमबार राति गाउँ नजिकै लागेको मेलामा मदिरा सेवन गरी अबेर राति घर पुगेकी मीरा आँगनमा ढलेको देखेपछि उनका श्रीमानले आवेगमा आई शरीरमाथि गहुँको भुसा र मट्टितेल खन्याएर आगो लगाइएको अभियुक्तले स्वीकारेको प्रहरी निरीक्षक शाहले बताए ।
विगतदेखि बारम्बार मदिरा सेवन नगर्न सम्झाउँदा पनि नमाने पछि आवेगमा आई आफूले हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् ।
कठरियाको घर आँगनमा राति आगो दन्किएको देखेपछि गाउँलेले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुग्दा मीराको मृत्यु भइसकेको थियो । अभियुक्तलाई प्रहरीले हिरासतमा लिएको छ ।
घटनापछि उनका नाबालक चार छोराछोरीको विचल्ली भएको छ ।