काठमाडौ । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन हुने दुईओटा रेल तयार भएका छन् । भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीले ८६ करोेड रुपैयाँ लागतमा ती रेलको निर्माण गरेको हो । तयार भइसकेका र सीमावर्ती क्षेत्र पटनाको हाजीपुर ल्याइएका उक्त रेल कोरोना महामारीका कारण सञ्चालनको टुंगो भने लागेको छैन ।

 

नेपालले दुई रेलका लागि अहिलेसम्म २० प्रतिशत भुक्तानी गरेको छ । बाँकी रकम भने नेपालमा परीक्षण सञ्चालनपछि भुक्तानी गरिने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ती दुई रेलको यात्रु क्षमता करीब २६ सय जना ९१३ सय प्रतिरेल० रहेको छ ।

 

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग ६९ किलोमिटर छ । त्यसमध्ये जयनगर–जनकपुर ३४ किमि खण्ड निर्माण सम्पन्न भइसकेकाले उक्त रूटमा मात्र रेल सञ्चालन हुनेछन् ।

 

नेपालले ल्याउने ती रेल सञ्चालनका लागि पनि भारतबाटै करारमा प्राविधिक ल्याउने तयारी सरकारको छ । हालै विभागले भारतको रेल बोर्डसँग गरेको भर्चुअल छलफलमा भदौ अन्तिम सातासम्ममा ती रेल हस्तान्तरण गर्ने सहमति जुटेको महानिर्देशक मिश्रले बताए । तर, अहिलेकै अवस्था कायमै रहे तोकिएको समय पनि सर्न सक्ने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु