काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएपछि परिवारले सेतो पोको समेत देख्न नपाई सेनाले उठाएर लैजान्थ्यो । तर उपचारको क्रममा कोरोना संक्रमणबाट आज मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने युवकलाई भने मुस्लिम परम्परा अनुसार नेपालगञ्जको कब्रिस्तानमा जनाजाको नमाज पढेपछि मात्र सेनाले उठाएर अन्तिम संस्कार गर्यो । यो जानकारी उपमेयर उमा मगरले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । उहाँले लेख्नुभएको छ ।

#उपचारकाे क्रममा कोरोना संक्रमणबाट आज मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने भाईलाई हार्दिक श्रद्धासुमन ?? #मुस्लिम परम्परा अनुसार नेपालगञ्जकाे कब्रिस्तानमा जनाजाकाे नमाज पढेपछि सेनाले सलामी दिएर उहाँको अन्तिम संस्कार गरिएकाे हो ?

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु