काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद एवं तत्कालीन अनेरास्ववियु अध्यक्ष नविना लामालाई पुत्र लाभ भएको छ । उनी अत्यन्तै खुशी हुँदै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा छोराको तस्विर साझा गरेकी छिन् । सांसद भएपछि उनले अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रेमी प्रवीण श्रेष्ठसँग २०७५ वैशाख १३ मा विवाह गरेकी थिइन्।

तस्विर :- नविना लामाको फेसबुकबाट

 

 

लामो समयको प्रेमपछि दुवैले विवाह गरेका थिए, अहिले नविना आमा बनेकी छिन्। डाक्टरले उनलाई भदौ महिनाको अन्तिम सातालाई समय दिएको थियो । नविनालाई तत्काल सांसद भवन जान परेको छैन। तर बजेट भाषण तथा संसद चल्दा गर्भवती भएकै बेलापनि आफू संसद भवन पुगेको उनले बताइन्।

 

महिला नेतृहरुले यस्तो अवस्थामा नगए पनि हुन्छ, तर पनि आरामको समय मिलाएर उनी संसद भवन जाने गरेकी थिइन् । ‘म संसदमा गए पनि सचेत हुने गर्दथेँ। किनकी कोरोना भाइरस आइसकेको थियो,’ नविना भन्छिन्, ‘।’ अब ‘बच्चा भएकाले एक वर्ष बच्चालाई नै समय दिने उनको योजना छ।’ तर राजनीतिलाई निरन्त रता दिने उनले सोचेकी छन्। माननीय नविनालाई हाम्रो तर्फबाट शुभकामना

सबैको जानकारीको सेयर गर्नुहोस !!

 

 

सम्बन्धित खबरहरु