काठमाडौं । पहाडी जिल्ला रोप्लामा एक भयावह घटना भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–२ बगमारामा चिर्पटद्धारा ४० वर्षीय मनबहादुर बहादुर बादीको ज्यान लिइएको छ । घटनामा संलग्न स्थानीय ४४ वर्षीय रामचरण बादीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

मृतक मन बहादुर बागमारा स्थित बादीटोलका किराना पसले थिए । गएराती २ बजे चिनि किन्न भन्दै पसलमा आएका रामचरणलाई ‘चिनी छैन’ भनेपछि उनको ज्यान लिइएको प्रहरीले जनाएको छ । मध्यराती ढोका ढकढक्याएको र ढोका खोली सकेपछि चिनी सोध्ने क्रममा ‘छैन’ भन्नसाथ ज्यान लिएको आरोपी रामचरणले प्रहरीलाई बयान दिएका छन् । लाश घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

 

सम्बन्धित खबरहरु