पोखरा । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

 

उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते प्रतिष्ठानमा ल्याइएको थियो । महिलालाई बुधबारदेखि स्वास्थ्य समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो । निर्देशक आचार्यले भने, ‘उनमा अरु स्वास्थ्य समस्या नभएको खुलेको छ । कोभिडकै कारणले मृत्यु भएको अहिलेसम्म जानकारीमा आएको छ ।’

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौं कोरोना संक्रमित हुन् । पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि पोखरा महानगरपालिका–१६ का ८७ वर्षका वृद्ध र पोखरा- १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ९ पुगेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु