काठमाडौ । कञ्चनपुरको महाकाली नगरपालिकामा पछिल्लो १० दिनमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु भएको छ । ‘उच्च ज्वरो आएका ८ जना हाम्रो सम्पर्कमा थिए । तीमध्ये ४ जनाको मृत्यु, भयो ४ जनाको उपचार भइरहेको छ’ स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए । तर उनीहरुको कोरोना परीक्षण गरिएको छैन ।

 

मृत्यु भएका अधिकांशलाई १ सय डिग्री भन्दा बढी ज्वरो रहेको उनले जानकारी दिए । स्थानीय दोधरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा आएका उनीहरुको त्यहाँ उपचार सम्भव नभएपछि महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

 

‘केहीको महाकाली अस्पताल र केहीको सेती अस्पतालमा मृत्यु भएको हो’ उनले भने ‘मृत्युको कारण अझैसम्म पहिचान हुन सकेको छैन ।’ तीन दिनअघि १३ बर्षीया बालिकाको उच्च ज्वरोबाट ज्यान गएको थियो । उनलाई जापानिज इन्सिफ्लाइटिसको आशंकामा अस्पताल पठाइएको उनले जानकारी दिए । त्यसपछि त्यो लक्षण लिएर कोही नआएको उनी बताउँछन् । उनीहरु सबैको आन्तरिक ट्राभल हिस्ट्री भएको र कोरोनासँग लक्षण नमिलेका कारण स्वाब परीक्षण नै नगरिएको उनले जानकारी दिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु