एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस सम्बन्धि नयाँ तथ्य सार्वजनिक गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका लक्षण नै नदेखिईकन कोरोना पुष्टि भएका मानिसहरुबाट अर्को मानिसहरुमा संक्रमण नसर्ने जनाएको छ । कोरोना भाइरसले विश्व प्रभावित भएका बेला स्वास्थ्य संगठनकी आपतकालीन रोग तथा जुनोसिस युनिट प्रमुख डा, मारिया भान क्रेकोभले विशेषगरी युवा र स्वस्थ व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिए पनि उसमा चाँडै लक्षण नदेखिने तथा संक्रमण पुष्टि भएको धेरै समयपछि मात्र देखिने बताएकी छन् ।

 

उनले प्राप्त आँकडा प्रस्तुत गर्दै भनेकी छन् । ‘सुरुका दिनका आँकडाले संक्रमितमा कुनै लक्षण नदेखिए पनि कोरोना भाइरस मानिसबाट अर्कोमा सर्ने देखिएको थियो । तर लक्षणविहीन संक्रमितबाट भाइरस सरेको प्रमुख माध्यम र कारण भने नरहेको पाइयो ।’अहिलेसम्मको पछिल्लो अध्ययनको स्थितिमा लक्षण नदेखिएका बिरामीबाट अन्य व्यक्तिमा कोरोना भाइरस संक्रमण नभएको पाइएतापनि यसको अध्ययन अझै धेरै हुनु आवश्यक रहेको उनको भनाइ छ । लक्षणविहीन संक्रमण पुष्टि भएका मुलुकहरु धेरै भएकाले उनीहरुको विस्तृत रिपोर्टसहित कन्ट्र्याक ट्रेसिङको रिपोर्ट हेर्दा त्यस मानिसबाट अर्को मानिसमा कोरोना संक्रमण भएको घटना अति दुर्लभ भएको उनले बताइन् ।

 

 

 

यो सँगै कोरोनाको नियन्त्रणमा विश्वले अलिक फरक ढङ्गबाट कदम चाल्नुपर्ने उनले सुझाव दिइन् । संसारभर झण्डै ७४ लाख मानिस कोरोना संक्रमित छन् । जसमा ४ लाख १३ हजार ६ सय ४८ को मृत्यु भइसकेको छ । अहिले विश्वभर करिब ३६ लाख मानिस संक्रमणमुक्त भइसकेका पनि छन् ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु