काठमाडौ । कोरोना संकटकाबीच भारतको राजस्थानमा धार्मिक स्थल खोल्ने महत्वपूर्ण निर्णय गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानको गहलोत सरकारले सेप्टेम्बर ७ मा, धार्मिक स्थानहरू सर्वसाधारण जनताको लागि खोल्न सक्ने बताएको छ । मुख्यमन्त्री (सीएम) अशोक गहलोतले प्रधानमन्त्री निवासमा आयोजित उच्चस्तरीय बैठकमा यस्तो निर्णय गरेका हुन् । सीएमले अधिकारीहरुलाई निर्देशन दिएका छन कि धार्मिक स्थलमा सामाजिक दूरी राख्ने लगायतका सबै उपायहरु कायम गर्नु अनिवार्य हुनेछ ।

 

धार्मिक स्थलहरुमा समय–समयमा स्यानिटाइजर गर्नु पर्छ पनि भनेका छन् । सम्बन्धित जिल्लाका कलेक्टरहरू र एसपीहरूले ठूला धार्मिक स्थलहरूको भ्रमण गर्ने छन् र नियमित रूपमा अवलोकन गर्नेछन् । मुख्य प्रशासनमन्त्रीले अधिकारीहरुलाई भनेका छन् कि जिल्ला प्रशासन, धर्मगुरु र धार्मिक स्थलहरुको सञ्चालनका लागि गठित कमेटीका साथै आगन्तुकहरु लाई स्वास्थ्य प्रोटोकलको पालनामा कुनै त्रुटि नभएको सुनिश्चित गर्नुपर्नेछ ।

 

मुख्यमन्त्रीले सर्वसाधारणलाई पनि अपील गरेको छन् कि कोरोना संक्रमणलाई ध्यानमा राख्दै सम्भव भएसम्म पूजा, प्रार्थना र नमाज घरमा मात्र गर्नुपर्छ । प्रदेश सरकारले तीर्थस्थलहरूमा अत्यधिक भीड नहोस् भन्नका लागि यस्तो अपिल गरेको जनाएको छ । मुख्यमन्त्रीले जिल्ला स्तरका अधिकारीहरुलाई निर्देशन दिएका छन् कि ठूला मन्दिरहरुमा विशेष दिन दर्शकहरुको भीड जम्मा गर्नु हुँदैन । मन्दिरमा भेटी, फूलमाला र अन्य पूजा सामग्री बोक्न र घण्टी बजाउन प्रतिबन्ध लगाइनेछ ।

 

धार्मिक स्थल सञ्चालनको लागि गठित कमिटि ट्रस्टले भ्रमण गर्ने दर्शनार्थीहरूको प्रोटोकल र कोरोनाबाट बच्ने उपायहरूको पालना सुनिश्चित गर्नुपर्नेछ । मुख्यमन्त्रीले पनि वर्षाको मौसममा कोरोना संक्रमणलाई ध्यानमा राख्दै मिठाइको पसल, गाडी र पसलहरूमा भीड नराख्न भनेका छन् ।

 

कोरोना भाइरस (कोभिड–१९) उपचारलाई लिएर निजी अस्पतालमा भर्ना भएका बिरामीको लाखौं बिल आएको गुनासो सम्बन्धमा पनि आफु सजक रहेको राजस्थान सरकारले जानकारी दिएको छ । मुख्यमन्त्री गहलोतले अधिकारीहरुलाई कोभिड–१९ को उपचार कुनै पनि निजी अस्पतालले गर्दिन भन्न नपाउने स्पष्ट पारेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु