काठमाडौं । अमेजनका संस्थापक एवं सीईओ जेफ बेजोसको सम्पत्ती २०० अर्ब डलर अर्थात २ नील नेपाली रुपैयाँ नाघेको छ । ब्लुमबर्ग बिलियनेर इन्डेक्सका अनुसार बुधबार जेफ बेजोसको कुल सम्पत्ती २०० अर्ब डलर पुगेको हो । यससँगै, बेजोस विश्वको पहिलो व्यक्ति बने जोसँग २०० अर्ब डलर सम्पत्ती छ ।

टेस्ला इंक कम्पनीका संस्थापक, एलन मस्कको सम्पती बढेर १०१ अर्ब डलर अर्थात १ नील भन्दा धेरै नेपाली रुपैयाँ पुगेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्टको शुरुमा १०० अर्ब डलरको क्लबमा सामेल भएका थिए ।

बुधवार, उनको सम्पती ८।५ अर्बले बढेको जनाइएको छ । रोचक कुरा के भयो भने कोरोना महामारीको समयमा हरेक देशको जीडीपीको घट्यो ।

कोरोनाभाइरस महामारीको कारण करोडौं व्यक्तिहरूको रोजगारी पनि गुम्यो । तर यो बीचमा विश्वभर रहेका शीर्ष ५०० धनीको सम्पत्ती जनवरीदेखि ८०९ अर्ब अर्थात झण्डै ९ निलले वृद्धि भएको छ ।

यस वर्ष बेजोसको मात्रै कुरा गर्दा ८७ अर्ब डलर अर्थात ८७ खर्बले बढेको छ । अर्को तिर एलन मस्कको सम्पत्ती यस वर्ष झण्डै ७४ अर्ब डलर अर्थात ७४ खर्ब रुपैयाँले वृद्धि भएको छ ।

भारतका मुकेश अम्बानी यस महिना विश्वका शीर्ष ५ धनी व्यक्तिहरूमा पर्न सफल भएका थिए । यो स्थानमा पुग्ने अम्बानी पहिलो एशियाली व्यक्ति हुन् । यस वर्ष उनको कुल सम्पती झण्डै २३ अर्ब डलर अर्थात २३ खर्ब रुपैयाँले बढेको छ ।

अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीजको टेक व्यवसायमा फेसबुक र सिल्वर लेक जस्ता कम्पनीहरूले हालै गरेको लगानी सबैभन्दा ठूलो कारण थियो ।

जेफ बेजोसको सम्पती मुकेश अम्बानीको भन्दा दुई गुणा बढी भएको बताइएको छ । अम्बानीको कुल सम्पति ८० अर्ब डलर अर्थात ८० अर्ब रुपैयाँ रहेको छ ।

सम्बन्धित खबरहरु