काठमाडौ । यतिबेला सबैलाई कोरोना भाइरस (कोभिड—१९) को ठूलो डर छ । तर प्रायः सबैले आमा मान्ने इन्दिरा रानामगर यो डर र त्रासभन्दा माथी हुनुहुन्छ किनकी उहाँ धेरैको प्राण बचाउन लाग्नुभएको छ । कोरोना भाइरसका कारण लकडाउन र कर्फ्यू मा खान नपाएर भौतारिरहेकाहरुलाई दिनहुँ खान बाँड्नुहुन्छ ।

 

हुन त उहाँ सबैकी साझा आमा जस्तै हो । अहिलेसम्म हजार भन्दा माथीको संख्यामा बाबु आमा र आफन्त गुमाएकालाई आमाको माया दिनुभएको छ । ती बच्चाहरुले उहाँलाई आमा भनेर सम्बोधन गर्छन् । उहाँ ४ महिनादेखि सडकमा भोका रहेकाहरूलाई खाना बाँड्ने काम गरिरहनुभएको छ । उहाँ आफैँ खाना बनाउँनुहुन्छ । खाना मीठो भएर मात्र हैन भोकाएकाहरू उहाँको प्रतीक्षामा बसिरहेका हुन्छन् । सुरुमा १ सय जनालाई खुवाउन थाल्नुभएको उहाँले अहिले दैनिक ५ सय जनालाई खाना बाँडिरहनुभएको छ ।

 

 

विदेशबाट आएकी छोरी र उहाँको संस्थामा आवद्ध केहीले पनि उनलाई सघाउने गर्नुहुन्छ । इन्दिरा सन् २०१४ मा जुनियर नोबेल पुरस्कार भनेर चिनिने वल्ड चिड्रेन अवार्डको वल्ड चिड्रेन अनररी अवार्डबाट सम्मानित भइसक्नुभएको छ । यसैगरी अशोका फेलो देखि विश्वका चर्चित विभिन्न सम्मान उहाँलाई प्राप्त भएको छ ।

 

बन्दी सहायता नेपाल नामक संस्था खोलेर उहाँ अढाई दशक भन्दा अघिदेखि सामाजिक सेवामा क्रियाशील हुनुहुन्छ । उहाँले विभिन्न कारण आमा बाबु र आफन्छ गुमाएका बालबच्चाहरुको पालन, पोषण तथा शिक्षा दिक्षा सहितको अभिभावकत्व दिइरहनु भएको छ । उहाँको संस्थाद्धारा अहिलेपनि काठमाडौको सोह्रखुट्टे, साँखु, भक्तपुर, झापा, सप्तरी, इलाम, पाल्पा लगायतका स्थानमा बालगृह सञ्चालित छ । अहिलेपनि सयौँ बालबालिका उहाँसँग आश्रित छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु