काठमाडौ । विश्वले एक चर्चित कलाकार गुमाएको छ । अमेरिकी अभिनेता चाडविक बोसमनको ४३ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । ४ वर्षदेखि क्यान्सरबाट पीडित बोसमनको लस एन्जलसमा रहेको आफ्नै घरमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 

‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो । त्यस्तै ‘क्याप्टेन अमेरिका स् सिभिल वार’,‘फोर्टी टु’,‘एभेन्जर्स स् इनफिनिटी वार’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निभाएका छन् । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

 

 

साउथ क्यारोलाइनमा जन्मिएका बोसमन सन् २०१३ मा फिल्मी उद्योगमा प्रवेश गर्नुभन्दा पहिले टेलिभिजनमा स–साना भूमिकामा अभिनय गर्थे । सन् २०१३ मा बनेको चलचित्र ‘फोर्टी टु’ मा उनले बेसबल स्टार ज्याकी रोबिन्सनको भूमिका निभाएका छन् । मेजर लिग बेसबलले ‘ज्याकी रोबिन्सन डे’ मनाइरहेकै दिन अभिनेता बोसमनको निधन भएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु