काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको । आज हेटौंडाकी एक महिलाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचारत हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

 

मिर्गौला रोगबाट पीडित रहेकी ति महिलालाई डायलाइसिस गर्नका लागि गत साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

 

कोरोना पुष्टि पछि कोभिड आइसियूमा उपचारत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यो सगैँ चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जसमा चितवन जिल्लाका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक–एक जना छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु