काठमाडौ । गायक गुणराज श्रेष्ठको नयाँ गीत 'हल्ला धेरै भो' को भिडियो सार्वजनिक भएको छ । गीतकार वि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको 'हल्ला धेरै भो' गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । डान्सिङ भर्सनको गीतको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौलाको मुख्य नृत्य र अभिनय रहेको छ।

अनिल के मानन्धरको छायांकन , प्रविण भट्टले सम्पादन रहेको भिडियोलाई प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् । औपचारिक संगीतको ज्ञान बोकेर नेपाली संगीतमा प्रवेश गरेका गुणराज छोटो समयमा नै संगीतकर्मी र स्रोताको नजरमा कुशल गायकको छवि बनाउन सफल देखिएका गायक हुन् । नृत्यमा समेत दख्खल भएका उनले आफ्ना गीतहरु मध्य केही भिडियोमा अभिनय समेत गरेका छन।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु