काठमाडौ । कपिलवस्तु नगरपालिका–७ धमौली बस्ने जैसराम अहिरको डेढ वर्षीय छोरा पंकज अहिर घर नजिकै रहेको खाल्डोमा जम्मा भएको पानीमा डुबेर शुक्रबार मृत्यु भएको छ । मोरङ, बुढिगंगा गाउँपालिका–५ बस्ने २१ वर्षीय ब्रहदेब ऋषिदेब सोही स्थानमा रहेको नहरमा डुबेर शुक्रबार मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

 

दाङ, घोराही उपमहानगरपालिका–१७ धोब्बे बस्ने विष्णु विकको २ वर्षीय छोरा विराज विकको घर नजिकै रहेको कुलोमा डुबेर शनिबार मृत्यु भएको छ । सुनसरी, भोक्राहा नर्सिङ गाउँपालिका–८ सोहीयाहीस्थित जमेको पानीमा माछा पक्रिने क्रममा डुबेर ईनरुवा–८ बस्ने कर्मुल मियाको १२ वर्षीय छोरा बसिम मियाको शनिबार मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु