काठमाडौं । वीरगन्जको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका एक जनाको मृत्यु भएको छ । रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय व्यक्तिको आइतबार बिहान मृत्यु भएको हो । जानकारी अनुसार मधुमेहका समेत बिरामी रहेका ती युवकमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार ती युवकमा गम्भीर किसिमको कोभिड निमोनिया देखिएको थियो ।

सम्बन्धित खबरहरु