काठमाडौं । आज (आइतबार) काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा ४२९ जना संक्रमित फेला परेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएको जानकारी दिनुभयो ।

देशभरको कुरा गर्दा साताको पहिलो दिन आज मुलुकभर थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २१ संक्रमित फेला परेको जनाएको हो । यो सँगै कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुग्यो ।

२४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । अर्को तिर २४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा १४ जनाको मृत्यु भएको छ । निको हुनेहरुको कुल संख्या २० हजार ८२२ पुगेको छ । मृतकहरुको कुल संख्या २२१ पुगेको छ ।

सम्बन्धित खबरहरु