काठमाडौं । १३ वर्षीया मुनचुनकुमारी दासलाई उनकी आमाले बिहान सबेरै उठाउँछिन्। नुहाएर सफा कपडा लगाइदिएपछि नास्ता खुवाउँछिन्। त्यसपछि बिहान ७ बजे नजिकै ठाकुर बाबाको मन्दिरमा लगेर राख्छिन्।

यो घटना सप्तरीस्थित दक्षिण–पश्चिमको बलान बिहुल गाउँपालिका–६ रौतहटको हो। प्राचीनकालका राजा ठाकुर बाबा नुहाउने भनिएको बडकी (ठूलो) पोखरीछेउ निर्मित मन्दिरमा सप्तरी र सिरहाका गाउँबाट भीड उर्लिन थालेको छ। उनीहरू देवीस्वरूप मानेर ती बालिकालाई ढोग्छन्। सबैले गच्छेअनुसार पैसा चढाउँछन्।

बालिकाका आफन्तले जिम्मेवारी बाँडफाँट गरेका छन्। जसअनुसार दर्शनार्थीलाई प्रसाद वितरणको जिम्मा सिरहाको महेशपुरबाट आएकी फुपू सागैरदेवीले पाएकी छन्। भीड कम भएका बेला दिउँसो १–२ बजे बालिकालाई घर पु¥याएर खाना खुवाइन्छ। पुनः नुहाएर कपडा फेराई बेलुका ७ बजेसम्म मन्दिरमै राखिन्छ।

कोरोना भाइरस फैलिएका बेला राजविराजबाट ३५ किलोमिटर दूरीमा रहेको रौतहट गाउँमा तीन दिनदेखि यही प्रक्रिया चलिरहेको छ। स्थानीय परशुराम महरानले बालिकाको दर्शन गर्न दर्जनौं गाउँबाट सयौं संख्यामा दर्शनार्थी आउने क्रम बढिरहेको बताए। सहभागी केहीले मात्र मास्क लगाएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु