काठमाडौं । माछा मार्न जाँदा करेन्ट लागेर दुई युवाको मृत्यु भएको छ । चितवनाको भरतपुर महानगरपालिका–८ मा दुइ युवाको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सर्य थापाका अनुसार भरतपुर महानगरपालिका–८ का ३५ वर्षिय नवराज दराइ र सोही स्थानका ३५ वर्षिय निरबहादुर रानाको मृत्यु भएको हो । माछा पोखरीमा करेन्ट लगाएर राखेको अवस्थामा राती माछा मार्न गएका व्यक्तिलाइ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु