लण्डन । गत मे ६ देखि हराइरहेका बेलायती कुटनीतिज्ञ रिचर्ड मोरिसको लाश भेटिएको छ ।प्रहरीले खोजी गर्ने क्रममा उनी मृत फेला परेका हुन् । उनी ह्याम्पसायरको जंगलमा मृत भेटिएका हुन् । मोरिसलाई अन्तिम पटक मे ६ को बिहान अल्टोनमा समयमा दौडँदै गरेको अवस्थामा देखिएको बताइन्छ ।

 

५२ वर्षीय मोरिसको शरीर जंगलमा भेटिएकोमा प्रहरीले उनको मृत्युलाई शंकास्पद मानेको छैन । यद्यपि प्रहरीले यसअघि नै उक्त जंगलमा उनको खोजी गरेको थियो । मोरिस प्रायः उक्त जंगलमा दौडिरहन्थे भनिएको छ ।

 

वार्सेस्टसायरका स्थायी बासिन्दा मोरिस नेपालका लागि पूर्व राजदूत समेत हुन् । २०१९ सम्म चार वर्ष उनी नेपालका लागि राजदूत थिए । तीन सन्तानका बाबु मोरिस नेपालपछि फिजीका लागि ब्रिटीश उच्च आयुक्तको रुपमा नियुक्त भएका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु