काठमाडौं । नेपालमा कोरोना संक्रमण थप बढ्दैछ । भक्तपुर नगरपालिका–३ बाराहीस्थान नगरको कोरोना हटस्पटको रुपमा देखा परेको छ । बाराहीस्थानमा १२ महिला र १२ पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यहाँ एउटै परिवारका १३ जनासम्म संक्रमित भएका छन् ।

 

वडामा अहिलेसम्म ४४ जनाको स्वाब संकलन गरी सकिएको छ । संक्रमण थप फैलिन नदिन संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गरी थप परीक्षण गरिने जनाइएको छ । बाराहीस्थानमा बाराहीपिठस्थित भजन टोलीबाट कोरोना फैलिएको आशंका गरिएको छ । बाराहीपिठमा नियमितरुपमा भजन हुँदै आएको छ ।

 

भजन नगर्न जनप्रतिनिधि र प्रहरीले समेत अनुरोध गर्दापनि अटेर गरी नियमितरुपमा भजन सञ्चालन हुँदै आएको स्थानीयले बताएका छन । वडाअध्यक्ष गोराका अनुसार पहिलो पटक बाराही रास भजनका ६३ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

 

उनको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पिसिआर परीक्षण गर्दा दोस्रो चरणमा उनका भाइका परिवारका पाँच जनामा कोरोना संक्रमण देखिएको थियो । बाँकी सात जना पहिलो संक्रमित ६३ वर्षिय पुरुषका परिवार रहेको वडा अध्यक्ष गोराले जानकारी दिनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु