काठमाडौ । राजधानी काठमाडौको सुनधारामा रहेको केन्द्रीय कारागारमा ३ कैदीबन्दीको गएराति मृत्यु भएको छ । मृत्यु भएकामध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । संक्रमित युवक कञ्चनपुरका ४० वर्षीय कैदीको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

सिरहाका ६४ वर्षीय पुरुषको भने कारागारमै मृत्यु भएको हो । बझाङका ६० वर्षीय पुरुषको गएराति वीर अस्पतालमा उपचारका क्रममा मृत्यु थियो । दुबैको मृत्यु कोरोना संक्रमणबाटै भएको आशंकामा उनीहरुको स्वाब संकलन गरिपरीक्षणको लागी पठाइएको छ ।

केन्द्रीय कारगारका ५० कैदी र ५६ प्रहरीमा केही दिनअघि मात्र संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको भने स्वाब संकलन हुन बाँकी रहेको छ । संक्रमण पुष्टि भएको ५ दिनपछि मात्रै कन्ट्रयाक ट्रेसिङ गर्ने भनिएकाले स्वाब संकलन गर्न बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु