काठमाडौ । एक आशा अनि एक आभा ,नेपाल विधुत प्राधिकरण का कार्यकारी निर्देशक कुलमान घिसिङ्ग हुन् । प्राधिकरण लाई गतिशील एवम् क्रियाशिल बनाएर विधुत उत्पादन , खपत , विधुतचुहावट रोक्नु, प्राधिकरण लाई अर्बौं को मुनाफा पुर्याउने आदि कार्यबाट मुलुकलाई लोडसेडिङ बाट मुक्ति दिलाइ ,उज्यालो नेपाल बनाउन सफल व्यक्तित्व मात्र हैन उनी वास्तविक जीवनका नायक हुन् उज्यालो नेपालका महानायक हुन् ।

 

वि.सं. २०७३ श्रावण १९ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व को नयाँ सरकार गठन सङ्गै तत्कालीन सफल उर्जामन्त्री को रूपमा जनार्दन शर्मा को आगमन पछी घिसिङ्ग लाई प्राधिकरण को कार्यकारी निर्देशकको रूपमा नियुक्ति गरिएको थियो । उनको आगमन सङ्गै विधुत प्राधिकरण मा थुप्रै फेरबदल र परिवर्तन भयो । उनले तत्कालीन उर्जामन्त्री र सरकारबाट राम्रो सहयोग प्राप्त गरेका थिए ।

 

उनले व्यक्तिगतरुपमा समेत महत्त्वपूर्ण प्रगतिशील अवसर प्राप्त गरे । त्यही बर्ष देखि विधुत क्षेत्रले मुलुक को मुहार फेर्यो , चुस्त ,दुरुस्त प्रशासन र घिसिङ्ग कै प्रत्यक्ष सक्रियता कायम रह्यो अनि विजयादशमी र दिपावली बाट लोडसेडिङ को प्रारम्भिक अन्त्य गर्न सफल रहे । सरकार ले उर्जा क्षेत्र को महत्त्वपूर्ण उपलब्धि को रूपमा ” नेपाल् को पानी, जनता को लगानी स् हरेक नेपाली विधुत को शेयरधनी ।”नारा निति तथा कार्यक्रम मा समेत समेट्यो ।

 

एक सफल अभियान्ता र प्रशासक को रूपमा रहेका घिसिङ्ग को कार्यकाल सक्किनै लाग्दा ,उनको पुनस्नियुक्ति को लागि जनदबाब बढ्नु स्वभाविक हो । उनले प्रदर्शन गरेको उत्कृष्ठता को लागि पनि प्राधिकरण मा फेरि आउनुपर्ने माग सरोकारवाला , बुद्धिजीवी ,कलाकार , समाजिक अभियान्ता , आमजनता को समेत रहेको छ ।साथै जनदबाब पनि बढ्दै गइरहेको छ ।

कार्यसम्पादन का आधार मा प्राधिकरण लाई घाटा को अवस्था बाट अनि मुलुक लाई लोडसेडिङ को मार बाट मुक्त गरेको मा उनको पुनस् नियुक्ति र आगमन गराउन र जनभावना को कदर गर्न सरकार सङ्ग अपिल गर्नु उपयुक्त छ । ” उज्यालो नेपाल् अभियान लाई सफल पारौ , प्राधिकरण मा कुलमान घिसिङ्ग लाई पुनस् आगमन गरौ “।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु