काठमाडौ । कोरोना भाइरस (कोभिड—१९) को महामारी सुरु भएको अब एक बर्ष पुग्न लाग्यो । विश्वभरी अत्याधिक मात्रामा रोजगारीहरु गुमे । विदेशमा कामका लागि गएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु उतै छटपटाईरहेका छन् । उनीहरुलाई उद्धार गर्ने र स्वदेशमा नै रोजागरी सृजना गर्ने सरकारसँग कुनै ठोस निर्णय छैन ।

 

तर उल्टै सरकारले वैदेशिक रोजगार खुलाएका विभिन्‍न गन्तव्य मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । यति मात्र हैन । यस्तो जटिल अवस्थामा सरकारले अन्र्तराष्ट्रिय नियमित उडान सुरु गरेको छ । यसले अब झनै कति भयाभह हुने हो कसैले आँकलन समेत गर्न सक्दैनन् ।

 

 

यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने निर्णय गरेको थियो । अब दसैँ, तिहार, छठ, इदलगायत पर्व नजिकिँदै छन् । उनीहरु विदेशी भूमिमा खान नपाएर छटपटाई रहेका छन् । अवस्था अत्यन्तै जटिल छ । तर राज्य बेखवर बराबर छ । जसरी श्रम स्वीकृतीको निर्णय भएको छ त्यसरी नै स्वदेशमा नै रोजगारी सृजना गर्ने निर्णय लिन सरकार पछि हट्नु हुन्न । अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउँन सरकारले लाचारीपन देखाउँनु कदाचित हुन्न ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु